स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु


चितवन, १ पुस ।




चितवनमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चनौलीबाट गितानगर तर्फ आउंदै गरेको ना ५२ प ६६५५ नम्वरको स्कुटर भरतपुर महानगरपालिका १४ विरेन्द्रचोकको भित्री सडकमा अनियन्त्रित भई पल्टेको हो ।
स्कुटरमा सवार सोही ठाँउका ४२ बर्षिय बुद्धि बहादुर विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
विकको शव पोष्टमाटमका लागी भरतपुर अस्पतालमा राखिएको छ ।







सम्बन्धित
Loading...