बर्दघाटको जनभावना सहकारीको आठांैं साधारण सभा

44







बर्दघाट, १ पुस । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १२ जहदामा रहेको जनभावना बहुउद्येश्यीय सहकारी संस्थाको आठौं साधारण सभा जहदा सामुदायिक पुस्ताकलायको सभा हलमा भएको छ ।

संस्थाका अध्यक्ष महन्द्र काफ्लेको अध्यक्षता तथा वडा अध्यक्ष मान बहादुर मल्लको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष मल्लले सहकारीले किसानहरुका लागि अझ बढी काम गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका जिल्ला सदस्य सुरज केसी, १२ का वडा सदस्य गजेन्द्र गिरी, निमप्रसाद बस्याल, समाजसेवी विनिराम पराजुली, संस्थाकी उपाध्यक्ष ओमकला भुषाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको संस्थाका सचिव प्रदिम बहादुर चौधरीले जानकारी दिए ।
संस्थाले आर्थिक वष २०७४/०७५ मा १० लाख रुपैयाको कारोबार गरेको छ । जसमध्य ८० हजार मुनाफा आर्जन गर्न पनि सफल भएको सचिव चौधरीले बताए । 

You might also like
Loading...