बाउन्नगढी मन्दिरमा पाँच लाख संकलन

36







नवलपरासी (प्रतापपुर) ४ पुस।


प्रतापपुर गाउपालिका वडा नम्बर १ र ३ मा रहेको बाउन्नगढी कालिका मन्दिर परिसरमा गत मंसिर २८ गते देखि सुरु भएको श्री श्री १००८ श्री सप्तचण्डि महायज्ञको छैठौं दिनमात्र ४ लाख ९६ हजार दान संकलन भएको छ ।
सयौं बर्ष पुरानो बाउन्नगढी कालिका मन्दिरमा लगाईएको महायज्ञमा अपेक्षा गरिएको भन्दा भक्तजनहरुको चांप समेत बढ्दै गएको छ ।
महायज्ञ सुरु भएदेखी अहिले सम्म २५ जनाले तुला दान गरेका छन् भने ७० जना भक्तजनले आफ्नो मनोकांक्षा पुरा भएको भन्दै कालिका माताको मन्दिर क्षेत्रको लगातार ५ घण्टा देखी २४ घण्टा सम्म परिक्रमा गरिरहेका छन् ।
बाउन्न गढी कालिका माताको मन्दिरको संरक्षण र प्रबद्र्धन संगै भौतिक पुर्वाधारको निर्माणका लागि महायज्ञ आयोजना गरिएको हो । महायज्ञमा दिन प्रतिदिन दानदाताको संख्या पनि बढ्दै गैरहेको आर्थिक संयोजक रविन्द्र यादवले बताए ।
आफुहरुले महायज्ञबाट ३० देखि ५० लाख सम्म आर्थिक संकलन हुने अपेक्षा राखिएपनि भक्तजनहरुको उत्साहले त्यो भन्दा बढि संकलन हुने बताए ।
महायज्ञमा पण्डित दिनानाथ दुवे शास्त्रीले बथा प्रवचन दिएका छन् । कथा प्रवचन संग संगै विच विचमा जोडिने संगितमय प्रस्तुतिहरुले भक्तजनहरुलाई लोभ्याउने गरेको छ । दिनभर कथा प्रवचन र संगितमा रमेका भक्तजनहरु रातको समयमा रामलिलामा रमाउने गरेका छन् ।

You might also like
Loading...