एक करोडको डिप बोरिङ

कावासोती, ४ पुस। 

कावासाती ९ समावेशी चोकमा १ करोडको लागतमा डिप बोरिङ निर्माण कार्य शुरु भएको छ ।
मंगलबारबाट बोरिङ निर्माण शुरु भएको उक्त बोरिङको लागत १ करोड रहेको कावासोती डिप बोरिङ उपभोक्ता समितिका कोषाध्यक्ष टंक लुइटेलले बताए ।
लुइटेलका अनुसार मन्त्रालय र स्थानीयको सहभागितामा निर्माण कार्य शुरु भएको हो । डिप बोरिङ निर्माणका लागि सम्पूर्ण सामग्री र उपकरण आएसँगै निर्माण कार्य शुरु गरिएको हो ।
१० इन्चको पानी दिने डिप बोरिङ निर्माण कार्य डेढ महिनामा सकिने जनाइएको छ । यो बोरिङ निर्माण कार्य सकिए पछि यहाँका २ सय विगाहा जमिनमा सिचाई सुविधा पुग्ने छ ।

Related Articles