तुलसीपुर उपमहानगरपालिकाले ल्होसार र माघीमा सार्वजनिक विदा दिने

28







 तुलसीपुुर, पुस ५ । तुलसीपुर उपमहानगरपालिकाले स्थानीय पर्वमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगर कार्यपालिकाको ४९औं वैठकले गुरुङ्गहरुको पर्व तमु ल्होसार र थारु जातीको पर्व माघीमा विदा दिने निर्णय गरेको छ ।

तमु ल्होसारको अवसरमा पुस १५ गते र माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक विदा दिने निर्णय पारित भएको मेयर घनश्याम पाण्डेले सेतोपाटीलाई बताए । संघीयता कार्यान्वयन भएपछि स्थानीय तहले यसरी पहिलो पटक आफैं सार्वजनिक विदा दिने निर्णय पािरत गरेको मेयर पाण्डेले जानकारी दिए ।

त्यस्तै नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले नगर स्वास्थ्य नीति २०७५, नगर स्वास्थ्य ऐन २०७५, अपाङ्ग परिचय पत्र सम्वन्धी कार्यविधि पारित गरेको छ । कार्यपालिका वैठकले स्थानीय तहमा कार्यरत कर्मचारीलाई समायोजन गर्ने निर्णय पारित गरेको छ । कार्यपािलका वैठकले शिक्षा वजेट समेत पारित गरेको मेयर पाण्डेले जानकारी दिए ।

You might also like
Loading...