नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अधिवेशन पोखरामा


अजुर्न अविरल 




पोखरा । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशको अधिवेशन पोखरामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेश को प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ ।




पौष ७ गते शनिवारमा भएको अधिवेशनको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेश का संयोजक तथा केन्द्रीय सचिव ऋषिराम शर्मा भण्डारीको अध्यक्षता र गण्डकी प्रदेशका बाणिज्य तथा भौतिक विकास मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी कार्यक्रममा पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकार संयोजक धनराज आचार्य, पोखरा पुस्तक व्यवसायका संस्थापक गोपाल ध्वज, नेपाल उद्योग बाणिज्य महासंघ, गण्डकी प्रदेशका अध्यक्षलगायतले शुभकामना मन्तव्य दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिले आफू पनि विगतमा पुस्तक व्यवसाय गर्दै आएकोले पुस्तकका समस्याहरूलाई समाधान गर्न लागि पर्ने जनाएका थिए ।

व्यवहारिक शिक्षा नभएका कारण तमाम विद्यार्थीहरू विदेशमा शिक्षा लिने नाममा नेपाल बाहिर गएका छन् । त्यसैले गण्डकी प्रदेशमा प्राविधिक शिक्षाको लागि प्राविधिक विश्वविद्यालय खोल्ने कुराको अवगत गराएका थिए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसाय महासंघको यही पुष २८, २९ गते काठमाण्डौंमा पाँचौ राष्ट्रिय अधिवेशन हुँदैछ । यस अघि नै देशभरिका सम्पूर्ण जिल्ला शाखाको अधिवेशन , पाँचवटा प्रदेशको अधिवेशन सकिएको थियो । आज मात्रै गण्डकी प्रदेशको र दुई नम्बर प्रदेशको अधिवेशन भएको हो ।




सम्बन्धित
Loading...