आर्मीको उपाधि होडबाट बाहिरियो, एपीएफसँग पराजित

८ पुस, काठमाडौं । विभागीय टिम नेपाल आर्मीको शहीद स्मारक ए डिभिजन लिगको उपाधिहोड करिब समाप्त भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आइतबार भएको खेलमा अर्का विभागीय टिम एपीएफ क्लबसँग २–१ गोलअन्तरले पराजित हुदै आर्मीको उपाधि जित्ने सम्भावना करिब सकिएको हो ।

१० औं राउण्डको खेल सकिदासम्म आर्मीको १८ अंक मात्रै रहेको छ । यता, लिग लिडर मनाङको भने ९ खेलबाट २७ अंक रहेको छ । एक खेल कम खेलेको मनाङ आर्मी भन्दा ९ अंकले अघि रहेको छ । लिगको अंक तालिकामा आर्मीभन्दा अघि मनाङ, थ्रीस्टार र संकटा क्लब छन् । १० खेल खेलेका थ्रीस्टारको २५ र संकटाको २३ अंक छ । आर्मीले लिग जित्ने गणीतीय सम्भावनामात्र बाँकी छ । अब उसले तीनवटा खेल खेल्न बाँकी छ ।

एपीएफसँग २–१ गोलअन्तरले पराजित हुने क्रममा आर्मीले खेलको दोस्रो हाफमा दुई गोल खादा एक गोल मात्रै फर्काउन सफल भयो । पहिलो हाफमा बराबरी खेलेको आर्मीले खेलको ५६औं मिनेटमा गोल खान पुगेको थियो ।

एपीएफका आशिष लामाले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ८५ औं मिनेटमा आशिषले अर्को गोल गर्दै एपीएफको अग्रता दोब्बर पारे ।

तर खेलको ८६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई २–१ गोलको स्थितिमा पु¥याएका थिए । तर आर्मीले एपीएफ क्लबलाई रोक्न भने सकेन ।

0 Shares

Related Articles