प्रदेश ५ मा भूमि व्यवस्था आयोग गठन गर्न माग





बुटवल ८ पुस। प्रदेशसभा ५ मा प्रदेश भूमि व्यवस्था आयोग तत्काल गठन गर्न गरिनुपर्ने माग उठेको छ ।

आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दल नेकपाका सांसद भोजप्रसाद श्रेष्ठले पार्टीले चुनावमा पनि सुकुम्बासीलगायत भूमिसंग सम्बन्धित समस्या यथाशीघ्र समाधान गर्ने वाचा गरेकाले आयोग गठनमा ढिला नगर्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।




उनले वैज्ञानिक ढंगले भूमि व्यवस्था गर्दै भूमिहीनलाई जग्गाको स्वामित्व नदिंदासम्म उत्पादन बढाउन नसकिने स्पष्ट पारे ।




सम्बन्धित
Loading...