आगलागी हुँदा १० बर्षीय बालकको मृत्यु





दाङ ८ पुस ।
दाङमा आगलागी हुँदा एकजना दश बर्षीय बालकको मृत्यु भएको छ । पश्चिम दाङको बबई गाउँपालिका वडा नं। ७ गौजामा आगो लाग्दा दश बर्षीय बालक राजु घर्तीको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले फुसको छानोयुक्त गोठमा आगोलागी भएपछि एक्लै माथिल्लो तल्लामा सुतेका बालकलाई बचाउन नसकिएको जानकारी दिए । मृतक बालक घर्ती आफ्नी आमासंगै घरदेखि एक घन्टा पैदल हिड्नु पर्ने दुरीमा रहेको गोठमा सुत्न गएका थिए ।
अगेनामा आगो बालेर रातभर राख्ने चलन अझैं गाउँघरमा छ ।
बाँके राष्ट्रिय निकुञ्जबाट जंगली जनावर बँदेल आएर बालिनाली नष्ट पार्ने हुँदा त्यसको रक्षाको लागि अगेनामा आगो बालेर राखेको भन्ने खुल्न आएको एसपी पाण्डेले बताए।
घटना शनिवार रातिको भएपनि विकट भूगोलको भएको हुँदा आइतवार अवेर साँझ मात्रै त्यसवारे सूचना प्राप्त भएको छ ।




सम्बन्धित
Loading...