फिल्म ‘कोपिला’ को मुहूर्त

चितवन । फिल्म ‘कोपिला’ शुभ मुहूर्त गरिएको छ । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहने फिल्मको आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा शुभमुहूर्त गरिएको हो । वरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठले फिल्मको मुहूर्त सट निर्देशन गरेका थिए भने सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेल लगायत कलाकारले चलचित्रका लागि मुहूर्त सट दिए ।

कोपिला हाम्रै गाउँ समाजमा घट्ने घट्नामा आधारित रहेको निर्देशक अधिकारीले बताए । गणेश गिरीको प्रस्तुति रहेको फिल्म चितवनका युवा व्यवसायी करुणकर घिमिरे र चलचित्र पत्रकार मणिराज गौतमले निर्माण गर्न लागेका हुन् ।

सुवासराज काफ्ले कार्यकारी निर्माता रहेको यस फिल्ममा समिर मिया, रमेश्वर र मेनुका ढुंगाना सहनिर्माताको रुपमा रहेका छन् । सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रकृति खरेल, राखी क्षेत्री लगायतको अभिनय फिल्ममा रहनेछ ।

रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने फिल्म चितवन आसपासमा छाँयाकन गरिने छ ।

Related Articles