दाङ घटनाका घाइतेलाई भेटे मुख्य मन्त्री पोख्रेलले





कावासोती, ९ पुस ।
मुख्यमन्त्री शंकर पोखरेल सोमबार ट्रमा सेन्टर पुगेर दाङमा गत शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बारे जानकारी लिएका छन् । दुर्घटनामा परी घाइते भएका मध्ये १२ जनालाई शनिवार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।
त्यहा उपचार गराइरहेका १२ मध्ये ६ जनाको उपचार भइरहेको ६ जनाको डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ । उपचार गराइरहेका मध्ये तीन जना आइसियुमा रहेका र दुई जनाको शल्यक्रियाको तयारी भएको लगायत घाइतेको उपचार बारे उपचारमा संलग्न डाक्टरले मुुख्यमन्त्रीलाई जानकारी गराएका थिए । तुलसीपुरको राम्रीमा भएको दुर्घटनामा २३ जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनाको छानवीन गर्न प्रदेश प्रहरी कार्यालयका एसएसपी नरबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति समेत गठन भइसकेको छ ।




सम्बन्धित
Loading...