नदीजन्यवस्तु चोरी गर्ने ५ ट्याक्टर प्रहरी नियन्त्रणमा

59







विष्णु खनाल

नवलपरासी, ९ पुस ।
ईलाका प्रहरी कार्यालय बर्दघाटले अनुगमनको क्रममा नदीजन्य पदार्थ निकासी पैठारी संलग्न रहेका ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
बर्दघाट नगरपालिकामा रहेको खजुरा खोलाको अनुगमनको क्रममा बालुवा ट्याक्टरमा लोड गर्दै गर्दा ७ बटा ट्याक्टर भेटाए पनि ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिन सफल भएको हो ।
जसमा लु २ प. ४२०१, ना. ७ त. ५३४, ल.ु २ त. ९९३१, अस्थाई नम्बर भएको ना.ह.प.का. ५२७ र ल.ु ३ त. ९१८१ नं. ट्याक्टरलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।
आवश्यक कारवाहीको लागि नगरपालिका पठाईने र फरार रहेको २ वटा ट्याक्टरको खोजीकार्य जारी रहेको प्रहरी निरिक्षक पुरीले बताए ।

You might also like
Loading...