२०७५ साल पुस ११ गते


मेष: नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ। बुद्धिको उपयोगले मात्र काम सम्पादन गर्न सकिनेछ।




वृष: चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ।

मिथुन: दाजुभाइमा आत्मीयता बढ्नेछ।योजना प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ।




कर्कट: बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ।

सिंह : पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग पुनर्मिलन हुनेछ।

कन्या: आफ्नो स्वामित्वका वस्तुमा अरूले दाबी गर्न सक्छन्। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ।

तुला: आम्दानीका स्रोत भने कमजोर बन्नेछन्। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ।

वृश्चिक: सहयोगीहरू कमै भेटिनेछन्। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।

धनु: पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

मकर: कृषि, पशुपालन तथा व्यापारमा फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे लाभ हुनेछ।

कुम्भ: पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।पुराना कामको चर्चा हुनेछ ।

मीन: मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न समस्या पर्नेछ। रमाइलो क्षणमा पनि मन भने उदास रहनेछ।




सम्बन्धित
Loading...