कुमारी नीजी शैक्षिक गुठि हसौराको पन्ध्रौं बार्षिकोत्सब तथा अभिभावक दिवस

21








पुर्बी नवलपरासीको कावासोती ४ स्थित कुमारी नीजी शैक्षिक गुठि हसौराको पन्ध्रौं बार्षिकोत्सब तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ ।

गुठिका अध्यक्ष नर बहादुर ठाडाको अध्यक्षता रहेको कार्यक्रममा पुर्ब श्रम तथा यातायात मन्त्री मालबर सिंह थापा प्रमुख अतिथी रहनुभएको थियो । त्यस्तै कार्यक्रममा ट्रष्टका संरक्षक टेरेसा भान रेजवाइक , संरक्षक कुमारी ढेंगा मगर बिशिस्ट आतिथ्यता रहेको थियो भने , डाक्टर छबिलाल थापा मगर , इन्टिग्रेटेड अस्पताल कावासोतिका डाक्टर सुरेश थापा मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गुठी सन्चालक समितिका अध्यक्ष नर बहादुर ठाडाले बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने योजना तथा लेखा प्रमुख दिपकलाल श्रेष्ठले आर्थिक बर्ष ०७४ , ०७५ को दुइ करोड उनन्पचास लाख रुपैयाँ बराबरको आय ब्यय प्रस्तुत गर्नुभएको थियो । विभिन्न समुदायको सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा सदस्य रमिला भुजेलले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

You might also like
Loading...