भूकम्प गएको तीन वर्षपछि धरहरा पुनर्निर्माण शुरु






काठमाडौं, १२ पुस । शक्तिशाली भूकम्प गएको तीन वर्षपछि भत्किएको धरहराको पुनर्निर्माण कार्य शुरु हुने भएको छ ।

२०७२ सालको भूकम्पमा भत्किएको भग्नावशेषलाई संरक्षण गरी त्यसैको छेउमा धरहरा निर्माण गर्न लागिएको हो ।


अब बन्ने धरहरा २२ तलाको हुनेछ । धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान शिलान्यास गरेका छन् ।

भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो ।

धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा शिलान्यास गर्दै आफू धरहराको टुप्पोमा चढेर काठमाडौं हेर्ने इच्छा व्यक्त गरे ।

उनले दुई वर्षभित्रै धरहरा निर्माणको काम सक्ने उनले विश्वास व्यक्त गरे । ज्येष्ठ नागरिक पनि चढ्न सक्ने धरहरा बन्ने बताए ।




सम्बन्धित
Loading...