पुस १५ देखि इन्टरनेटको मूल्य बढ्ने

न्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो।  १३ प्रतिशत इन्टरनेट सेवामा अतिरिक्त कर (टिएससी) सम्झौता कार्यान्वयन नभएको भन्दै सेवा प्रदायकले यस्तो निर्णय गरेको हो।

सेवा प्रदायक कम्पनीको तर्फबाटसंचार तथा सूचना प्रविधिमन्त्रीको नाममा अध्यक्ष भोजराज भट्टले निवेदन लेख्दै यो जानकारी गराएका हुन्।  निवेदनमा अतिरिक्त कर कार्यान्वयन गराउँदा सरकारप्रति नकारात्मक जनगुनासा आएको भन्दै मन्त्रीको रोहबरमा सम्पूर्ण करोकारवाला निकायसँगको सहकार्यमा समिति गठन गरी इन्टरनेटको मूल्य समायोजन गर्ने सम्झौता भएको तर यो सम्झौता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाइएको छ। 

उक्त सम्झौता कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दासमेत कुनै निकास नआएको हुँदा यस सेवा प्रदायक संस्थाको आकस्मिक बैठकले पुस १५ गतेबाट लागु हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको निवेदनमा उल्लेख छ।

Related Articles