आज पुसे १५ अर्थात तमु ल्होसार


शोभा जिसी




कावासोती । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । उनीहरुले गएरातिदेखि ल्होसार मनाउन शुरु गरेका हुन् । उनीहरुले आज दिनभर रमाइलो गरेर ल्होसार मनाउँदछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद नवलपुरका अध्यक्ष ललित गुरुङले बताए ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद नवलपरासीका पूर्व अध्यक्ष रुद्र गुरुङले आजबाट ‘फो ल्हो’ (मृग वर्ग) शुरु भएको छ। आज २६०२ तोला ल्होसार अर्थात तमु ल्होसारको पहिलो हो। यस बर्ष पुस १५ का दिन ‘खि ल्हो’ (कुकुर वर्ग) लाई विदाई गरेर ‘फो ल्हो’ (मृग वर्ग) शुरु भएको छ । जस अनुसार गएराति बर्ष पुस १५ का दिन ‘खि ल्हो’ (कुकुर वर्ग) लाई विदाई गरेर ‘फो ल्हो’ (मृग वर्ग) लाई स्वागत गरिएको छ ।
गएराति उनीहरुले ‘खि ल्हो’ (कुकुर वर्ग) प्रतिक बनाइ मध्येरात १२ बजे प्रतिकमा धनुषबाणले हानेर त्यसलाई विदा गरेको छ भने आजबाट शुरु भएको ‘फो ल्हो’ (मृग वर्ग) को प्रतिक बनाइ त्यसलाई हर्षबढाईका साथ धनुषबाणले हानेर स्वागत गरेका छन् ।
उनीहरु राति समाज घर गुम्बाहरुमा जम्मा भएर ल्होसार मनाएका थिए । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको नवलपरासी, लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत गुरुङ समुदाय रहेका क्षेत्रमा देशै भर आज यो पर्व हर्ष उल्लाहासका साथ मनाइएको छ ।
यो पर्व नवलपरासीका पूर्व र पश्चिम जिल्ला दुवैमा निक्कै हर्ष उल्लाहासका साथ मनाइने गरिन्छ ।
तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा रहेका गुरु· समुदायले पनि मान्दछन्। ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्काे नाम तमु हो ।
तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको संकेत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्पती भएको मानिन्छ ।







सम्बन्धित
Loading...