नारायणी रंगशाला: आफ्नै निर्णयबाट पछि हट्यो राजपा ‍

26







वीरगन्ज : वीरगन्जको नारायणी रंगशालालाई प्रादेशिक रंगशालाका रुपमा स्तरोन्नत्ती गर्ने पर्ने आफ्नै मागबाट राष्ट्रिय जनता पार्टी (राजपा) पछि हटेको छ। पुष ७ गते रंगशालालाई स्तरोन्नत्ती गर्न प्रदेश सरकारलाई दबाब दिने निर्णयबाट राजपा पछि हटेको हो।

राजपा , काँग्रेस , नेकपा र फोरम नेपालको संयुक्त बैठकले नारायणी रंगशालालाइ प्रादेशिक रंगशालाका रुपमा स्तरोन्नत्ती गर्न माग गर्दै त्यसका लागि प्रदेश सरकारलाई दबाब दिन पुष १६ गतेदेखि चरणबद्ध संघर्षका कार्यक्रम गर्ने निर्णय नै गरेको थियो।

उक्त बैठकले नारायणी रंगशालामा मानव साङलो प्रदर्शन गर्ने, त्यसपछि वीरगन्जबाट एक सर्वदलीय टोली जनकपुरमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गएर प्रदेश सरकारला दबाब दिने लगायतका पाँच बुँदे निर्णय गरेको थियो। निर्णय पुस्तिकामा राजपाका जिल्ला संयोजकसहित अन्य दलका नेताहरुले पनि हस्ताक्षर गरेका थिए।

सर्वपक्षिय बैठकले गरेको निर्णय अनुसार ,सोमबार पुष १६ गते प्रदेश सरकारलाई दबाब दिन भन्दै नारायणी रंगशालामा मानव साङलो प्रदर्शन गर्ने एकदिन अगाडि अर्थात् आइतबार राजपाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा आफनो दलको समर्थन नरहेको स्पष्ट पारेको हो।

राजपा पर्सा जिल्ला संयोजक जगदशी पटेल, जिल्ला अयक्ष मण्डलका सदस्यहरू रमेश पटेल, वीरेन्द्र यादव र कृष्णा पटेलले संयुक्त रुपमा हस्ताक्षर गरेको विज्ञप्तिमा केहि दलले प्रदेश सरकारको विरोधमा अनावश्यक कार्यक्रम गर्न लागेकाले उक्त प्रदर्शन र आन्दोलनमा आफनो दल सहभागी नरहने उल्लेख छ।

You might also like
Loading...