पोखरामा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन, चितवनमा पारसको हाइहाइ !

50







पोखरा, १५ पुस । कम्युनिष्ट पार्टीले दुई तिहाइको सरकार बनाएपनि काम गर्न नसकेको भनी आलोचना भइरहँदा राजावादीहरुको सक्रियता बढेको छ । समृद्ध नेपाल, सुखी नेपालीको गुलियो नारा दिएपनि जनताको जिउधनको समेत सुरक्षा दिन नसकेको भन्दै सरकारको सर्वत्र आलोचना भइरहेको छ ।

सरकारको चौतर्फी आलोचना भइरहँदा पूर्वराजा ज्ञानेन्द्र शाह परिवार देशब्यापी विभिन्न कार्यक्रममा सहभागि हुन थालेको छ ।

पूर्वराजा शाहलाई आइतबार पोखरामा राजावादीहरुले एक धार्मिक कार्यक्रममा अभिनन्दन गरे । पोखरा महानगरापालिका वडा नं २९ कोे मदौरेघाटमा रहेको नर्मदेश्वर धाममा पुजा अर्चना गरी आइतबार नै शाह नागरीक अभिन्दनमा सहभागी भए ।

पूर्वराजा शाहले धाार्मिक तथा प्राचिन तपोभुमि शुक्ला गण्डकीको किनारमा रहेको नर्मदेश्वर मन्दिरमा आधा घण्टा पुजा आराधना गरेका थिए ।

मौनीवावा नर्वदेश्वरका पिठाधिसले गरेको यो कार्यक्रममा राजावादीहरुले राजतन्त्रको पक्षमा नारावाजीसमेत गरेका थिए । पुस लागेपछि शाह पोखराका विभिन्न धार्मिक कार्यक्रममा सरिक हुँदै आएका छन् ।

यता, आइतबार नै ज्ञानेन्द्रपुत्र पूर्व युवराज पारस शाह चितवन आइका छन् । उनलाई चितवनमा राजावादी युवाहरुले स्वागत गर्दै राजतन्त्रको पक्षमा नाराबाजी गरे । भरतपुर विमानस्थलमा पारसलाई स्वागत गर्न युवाहरु जम्मा भएका थिए ।

पुस १५ गते आफनो जन्मदिनको अवसर पारेर उनी चितवन आएका हुन् । पारस पश्चिम चितवनको एक गुम्वाको कार्यक्रममा सहभागि भएका थिए ।

You might also like
Loading...