गाडी दुर्घटनामा एकको मृत्यु

21







भगीरथ भण्डारी
इलाम, १६ पुस

इलामको फाकफोकथुम गाँउपालिकाको आमचोकमा गाडी पल्टदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । आज बिहान आमचोक बाट इलाम आउदै गरेको मे १ ज १६८६ नम्बरको बुलेरो ब्रेक फेल भई दुर्घटना हुदाँ गाडी पर्खिरहेका ७२ बर्षिय सोमप्रसाद दुलालको मृत्यूभएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । गाडीमा भएका अन्य ८ जना सकुसल रहेको प्रहरीले जनाएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

You might also like
Loading...