दुई दिन सार्वजनिक विदाः केन्द्र सरकारको निर्णय प्रदेशले नमान्ने !

64







बुटवल, १७ पुस । केन्द्रीय सरकारले विभिन्न चाडबाडको विदा कटौती गरे पनि प्रादेशिक सरकारले विभिन्न समयका धमाधम विदा दिन थालेका छन् । स्थानीय महत्वको पर्व भन्दै स्थानीय सरकारले विदा दिन शुरु गरेको हो । माघीको अवसरमा ५ नम्बर प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश नम्बर ५ को मन्त्रीपरिषद्को बैठक माघे संक्रान्तिका दिन र त्यसको भोलिपल्ट सार्वजनिक विदा दिने निर्णय गरेको हो । थारुको बाहुत्यता भएको प्रदेश भन्दै माघीको अवसरमा दुई दिन बिदा दिने निणर्य गरेको छ । यसअघि पुस १५ मा तमु ल्होसारका दिन गण्डकी प्रदेश सरकारले आफ्नो सार्वजनिक विदा दिएको थियो ।

सात विधेयकसहित एक अस्थायी दरबन्दी स्वीकृत

प्रदेश पाँचको बैठकले ७ वटा विधेयक संसद सचिवालयमा दर्ताका लागि स्वीकृत दिएको छ । कानुन निर्माणमा जुटेको प्रदेश सरकारले बैठकमा ७ वटा विधेयकसहित एक अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

बैठकले प्रदेश नंं ५ प्रदेश तथ्याङक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ पर्यटन सम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ खानी अन्वेषण र व्यवस्थापन सम्बन्धी कानुन व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ भवन निर्माण कार्यलाई व्यवस्थित गर्न बनेको विधेयक मन्त्रीपरिषद्को निर्णयबाट स्वीकृत भएको छ ।

त्यसैगरी प्रदेश नंं ५ स्वास्थ्य संस्था स्थापना सञ्चालन, नविकरण तथा स्तोरउन्नती गर्न बनेको विधेयक, प्रदेश नंं ५ बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि स्वीकृत भएको छ ।

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयले बैठकमा पेश गरेको माडी–लुङग्री सिचाईं आयोजनाका लागि आवश्यक अस्थायी दरबन्दी स्वीकृत प्रस्ताव समेत बैठकले स्वीकृत गरेको छ ।

You might also like
Loading...