सुस्तामा निशुल्क स्वास्थ्य शिविर

57







नवलपरासी (सुस्ता), १९ पुस ।

तस्वीरः श्याम थापा

लायन्स क्लव अफ नवलपरासी सुस्ताको आयोजनाम र दौतरी एफ एमको सह आयोजनामा सुस्ता गाउपालिकामा १ दिने स्वास्थ्य शिविर भएको छ ।
लायन्सले आफ्नो समाजिक उत्तदायित्व अन्तरगत रहेर स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिवरमा सुस्ता गाउपालिका भित्रका करिव ३ सय ५० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
लायन्सले पहिले पहिले आंखामा जोड दिएकोमा अहिले मधुमेह रोगको उपचारमा विशेष जोड दिदै आएको लायन्य क्लव अफ नवलपरासी सुस्ताका अध्यक्ष ज्ञानप्रसाद पाठकले बताए ।
लायन्स क्लव सुुस्ताले यस अघि पनि विभिन्न ठाउमा सरसफाई कार्यक्रम र सुस्ता २ कुडियामा सार्वजनिक शौचालय निर्मापण गरेको छ भने आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरु गर्दै जाने अध्यक्ष पाठकले बताए ।
शिविरमा करिव ५० जनामा मधुमेहको शंका देखिएकोले उनीहरुको शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा पुन परिक्षण र निशुल्क उपचारको ब्यबस्था गरिएको छ ।
स्वास्थ्य शिविरमा शहिद स्मृति सामुदायिक अस्पताल विकास केन्द्र चौपत्ताको प्राविधिक सहयोग रहेको थियो भने एन एम बी बैंक कुडिया शाखा , नेपाल फर्मासिटिकल्स ल्याव प्रा.लि (लापेन) र सुस्ता गाउपालिका सहयोगी संस्थाको रुपमा रहेका थिए ।

You might also like
Loading...