वाइडबडी प्रकरणः सरकारले बनायो गोविन्द पराजुलीको अध्यक्षतामा जाँचबुझ आयोग

काठमाडौैं । वाइडबडी विमान खरिदमा ठूलो रकम अनियमितता भएको विषय बाहिर आएपछि त्यसबारे छानविन गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेका छ ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीसहितलाई कारबाही सिफारिस गरेपछि सरकारले आयोग गठन गरेको हो ।

सरकारले पूर्व मुख्यन्यायाधीस गोविन्द प्रसाद पराजुलीको अध्यक्षतामा गठन गरेको समितिमा पूर्व नायव महान्यायधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर्ड एकोउन्टेण्ड मदन शर्मा सदस्य छन् ।

जाँचबुझ ऐन २०२६ को दफा ३ को २ बमोजिम गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यभार दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदको निर्णयमा भनिएको छ, ‘नेपाल एयरलाइन्सद्वारा खरिद गरिएका दुईवटा वाइड बडी विमान ३३०–२०० का सम्बन्धमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँचबुझ गरी नेपाल सरकारसमक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रिपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ ।’

नेपाल वायुसेवा निगमले दुई वटा वाइडबडी विमान भित्र्याएदेखि नै अनियमिता हुने गरेको भन्दै प्रश्न उठेको थियो । यद्यपि छानविन भएको थिएन ।

सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले प्रतिवेदन बुझाएको भोलिपल्टै सरकारले नयाँ आयोग बनाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ भनी अाजकाे राजधानी दैनिकमा खबर प्रकाशित छ ।

Related Articles