उत्तर कोरियाली कूटनीतिज्ञले शरण मागेको जानकारी छैन : इटाली

रोम । उत्तर कोरियाली उच्च कूटनीतिज्ञले शरण मागेको इटालीलाई जानकारी नभएको इटालीको विदेश मन्त्रालयले जनाएको छ ।

इटालीमा सन् २०१७ को अक्टोबरमा राजदूतमा नियुक्त भएका जो सङ गिलले उनको परिवारसहित कुनै पश्चिमी मुलुकमा शरण माग गरेको भनाइ बाहिर आएपछि इटालीको पछिल्लो भनाई बाहिर आएको हो ।

स्रोतले भन्यो, ‘यस्तो अनुरोधबारे ‘हामीलाई कुनै जानकारी छैन’ तर मन्त्रालयलाई उहाँको स्थानमा अरू कसैलाई पठाउनका लागि अनुरोधसहितको पत्र भने प्योङयाङबाट पाएको छ ।’

जोले आफू र परिवारसहित शरण माग गरेको एक पत्रिकाले जानकारी गराएको र यसपछि दक्षिण कोरियाली गुप्तचर निकायले उत्तर कोरियाली कूटनीतिज्ञको सुरक्षाका लागि सांसदहरूलाई जानकारी गराएको थियो ।

संयुक्त राष्ट्रसंघको संकल्प विपरीत उत्तर कोरियाले आणविक परीक्षण गरेको विरोधमा मुन जोङ नामलाई देश छाड्न निर्देशन दिइएपछि ४८ बर्षीय जोलाई दुई बर्ष पहिले इटाली पठाइएको थियो ।

इटाली प्योङयाङका लागि कूटनीतिक दृष्टिकोणले महत्वपूण मुलुक हो । राष्ट्रसंघीय खाद्यान्न र कृषि संगठनको इटालीको रोममा मुख्यालय रहेको छ र उत्तर कोरियामा चरम खाद्यान्न अभाव रहेको बताउने गरिन्छ ।

0 Shares

Related Articles