मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु





बर्दघाट । पश्चिम नवलपरासीको ज्यामिरे जंगलमा मोटसाइकल आफै अनियन्त्रित भई पल्टिदा मोटसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पचिम नवलपरासीले दिएको जानकारी अनुसार बुधबार राति सवा ११ बजेको समयमा जिल्लाको सुनवल नगरपालिका वडा नम्बर ४ ज्यामिरे जंगलमा गुड्दै गरेको लु ३० प २०६ नम्बरको मोटरासाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ३५ वर्षीय विशाल गुरुङ रहेको जिल्ला प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाइते भएका गुरुङलाई उपचारको लागी जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा लैजादा असपतालमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।




सम्बन्धित
Loading...