पासेमा फसेको हरिणको उद्दार

श्याम थापा,
सुस्ता २० पुस ।
पश्चिम नवलपरासीको सुस्तामा एक हरिण फेला परेको छ ।
सुस्ता गाउँपालिकाको वार्ड न ५ स्थित सुस्ताको तोरी बारीमा सिकारीहरुले लगाएको ज्यालको पासोमा फसिरहेको अवस्थामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नेपाल सुस्ताका सशस्त्र प्रहरी निरीक्षक बिष्णु सोमारे मगरको नेतृत्वमा गएको गस्ती टोलीले देखेपछि ज्यालको पासोबाट हरिणलाई उद्वार गरेको सशस्त्र प्रहरी निरीक्षक बिष्णु सोमारे मगरले बताए ।
उद्वार गरिएको हरिणलाई सब बन डिभिजन कार्यालय फेचुहालाई बुझाएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट नेपाल सुस्ताका सशस्त्र प्रहरी निरीक्षक मगरले जानकारी दिए।

0 Shares

Related Articles