खोला अतिक्रमणले सिचाई योजना प्रभावित

शोभा जिसी,
नवलपरासी ।

पूर्वी नवलपरासीको दुम्किबासमा रहेको ज्यामिरे र विनयी खोलामा भएको अतिक्रमणका कारण डेढ करोडको लागतमा बन्दै गरेको सिचाई योजना प्रभावित भएको छ ।
विनयी त्रिवेणी १ को ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिचाई जल उपभोक्ता संस्थाको एक करोड पाँच लाखको आयोजना अलपत्र परेको अध्यक्ष पूर्णप्रसाद सुवेदीले बताए ।
सुवेदीका अनुसार विनयी खोला र ज्यामिरे खोलाको संगम स्थलमा इनार खनेर पानी जम्मा गर्ने खाडल बनाइएकोमा अहिले इनार भन्दा खोला तल गएपछि आयोजना प्रभावित भएको हो ।
खोलामा आएको पानी इनारमा जम्मा गरेर इन्चको मोटरबाट पानी खेतमा खनिएको २० मिटर लम्बाई २० मिटर चौडाईको पोखरीमा जम्मा गरेर खेतबारीमा लैजानी तयारी भएको छ ।
आयोजना निर्माण सम्पन्न हुने बेला खोलामा ठेक्का लागेको बेला जेसिभी, ट्याक्टर र टिप्परको प्रयोगले खोलालाई गहिरा बनाइ नदीजन्य वस्तु झिकेपछि इनारमा पानी आउने सम्भावना सकिएको छ ।

सुवेदीका अनुसार अहिलेसम्म इनार निर्माण, विद्युत जडान, मोटर जडान लगाएको काम सकिएको छ भने पोखरीबाट पानी लैजाने पाइप ल्याएर तयारी अवस्थामा छ ।
सुवेदीले भने अब सिचाईका लागि सम्पूर्ण तयारी भएको थियो तर नदीजन्य वस्तु निकासीको बाहानामा खोला गहिरिएपछि इनारमा पानी आउने सम्भावना छैन ।

यहाँ सिचाईको राम्रो व्यवस्था भए धान, गहुँ, मकैको सट्टा किसानहरुले व्यवसायिक तरकारी खेती गर्ने छन् ।
आयोजना सञ्चालनमा आए यहाँका एक सय १४ घरका ९३ विगाहा जमिन सिचाई हुने छ । अहिलेसम्म यहाँका किसानहरु आकासे पानीको भर पर्न बाध्य छन् ।
विनयी त्रिवेणी १ ठूलाटाँडीको यस सिचाई आयोजनाका लागि सिचाई विभागको कार्यालय काठमाडौं र सिचाई डिभिजन कार्यालय सेमरीको सहयोगमा निर्माण भएको हो ।

Related Articles