नरदेवी सहकारीमा नयाँ नेतृत्व

परासी । नवलपरासीको नरदेवी बचत तथा ऋण सहकारी संस्था सुस्ता ३ मर्चहवाको ४ औं अधिवेशनले सर्वसहमत रुपमा नवसञ्चालक समिति चयन गरेको छ ।
अधिवेशनले पप्पु भेडियारको अध्यक्ष्तामा ७ सदस्यीय समिती सर्वसहमत चयन गरेको हो । नव गठित संचालन समितीको उपाध्यक्ष्मा अलिराजा अन्सारी, सचिवमा दीपक केवट चयन भएका छन् । त्यसैगरि समितीको अन्य संचालन सदस्यहरुमा पारस बडघै, रागनी देवी, प्रवेश कोइरी, रामाज्ञा कोइरी चयन भएका छन् ।

Related Articles