माधव नेपालको गुनासोः मलाई क्रिश्चियन धर्मसँग जोड्ने प्रयास गरियो

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

नेकपाका वरिष्ठ नेतासमेत रहेका नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तर्राष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टीकरण दिदै आपत्ति जनाएका हुन् ।

सोमबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए ।

सोही सम्बन्धमा स्पष्टीकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरे ।

उनले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि गलत मनासाय राख्ने काम भइरहेको भन्दै आपत्ति पनि जनाए ।

Related Articles