रुपौलिया महिला बहुउद्देश्यीयको २ करोड ४० लाख बराबरको कारोबार

श्याम थापा
सुस्ता २३ पुष
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न १ रुपौलियामा रहेको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २ करोड ३९ लाख ६० हजार ५ सय ४० रुपैया बराबरको कारोबार गरेको छ । संस्थाका अध्यक्ष गिता चौधरीको अध्यक्षयता र सहकारी डिभिजन कार्यालय नवलपरासीका प्रमुख बुद्ध प्रकाश पौडेलको प्रमुख अतिथ्यतामा भएको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपौलियाको १७ औ बार्षिक साधारणसभा कार्यक्रममा संस्थाका व्यवस्थापक इन्दिरा उपाध्यायले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कुल २ करोड ३९ लाख ६० हजार ५ सय ४० रुपैया बराबरको कारोबार गरिरहेको र संस्थाले १ लाख ६० हजार ५ सय २२ रुपैया शुद्ध नाफा गरेको पनि उनले बताए।
बिक्रम सम्बत २०५९ सालमा स्थापना भएको रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा ८ सय ४६ जना महिला शेयर सदस्य रहेको छ । सो १७ औ बार्षिक साधारणसभा कार्यक्रममा सुस्ता गाउँपालिका वार्ड न १ का दलित महिला सदस्य रम्भा हरिजन,पत्रकार आरपी उपाध्याय, सुस्ता गाउँपालिका वार्ड न १ का वडा अध्यक्ष अशोक कुमार चौधरी र रुपौलिया महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रुपौलियाका संस्थापक अध्यक्ष हरिकला गिरि लगायतले कार्यक्रमको शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाका शेयर सदस्य एवम र रुपौलिया गाउँ महिला अधिकार मञ्च कि अध्यक्ष ममता भारतीले गरेकी थिईन ।

0 Shares

Related Articles