कञ्चनपुरमा भुमाफियाको बिरोधमा धर्ना

धनन्जय अवस्थी
कञ्चनपुर २३ पुस ।
कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि कञ्चनपुरका विद्यार्थी संगठन र युवा संगठनहरुले नगर विकासको जमिन भुमाफियाहरुले कब्जा गरेको भन्दै एक घण्टा धर्ना दिएका छन्।
नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारी , अनेरास्वबियू ,कांग्रेस निकट नेविसङ्घका साथै विभिन्न पार्टीका युवा संगठनहरुले एक घण्टा कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि मुल गेटमा धर्ना दिएको छन। पुर्व निर्धारित चरणबद्ध रुपमा गरिएको आन्दोलनको क्रममा अन्तर्गत हिजो प्रदेश नम्बर सातका मुख्य मन्त्री त्रिलोकचन भट्ट मार्फत प्रधानमंत्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र समेत बुझाएको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य केशव साउदले जानकारी दिए।
उनीहरूले जग्गा भाडामा दिन बाहानामा कञ्चनपुरमा जमिन अतिक्रमण बढेकाे बताए ।

 

0 Shares

Related Articles