बर्दघाट महोत्सवको आम्दानी १३ लाख

नवलपरासी । नवलपुरमा महोत्सवमा होडबाँजी चलिरहँदा केही समय अघि परासी क्षेत्रमा भएका दुई महोत्सव मध्ये एक महोत्सवको आयव्यय सार्वजनिक भएको छ ।
बर्दघाट उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले १३ लाख ६४ हजार ८ सय २६ रुपैयाँ आम्दानी गरेको जनाएको छ ।
कात्तिक ३० गतेदेखि मंसिर ११ गते सम्म चलेको तेस्रो कृषी पर्यटन तथा औद्योगिक व्यापार मेलाबाट २२ लाख २२ हजार ४ सय आम्दानी भएकोमा ८ लाख ५७ हजार ५ सय ७४ रुपैया खर्च गरी १३ लाख ६४ हजार बचत गरेको आयोजकले जनाएको छ ।
संघका महासचिव एवं प्रवक्ता लेखनाथ न्यौपानेले महोत्सवबाट बचेको रकम भवन संघको आफ्नै भवन निर्माणमा खर्च गरिने बताए ।

0 Shares

Related Articles