राष्ट्रिय मुद्दामा विपक्षीलाई पनि विश्वासमा लिन्छौः प्रचण्ड

चितवन महोत्सवको आज प्रचण्डले उद्घाटन गर्दै

फाइल फोटो

चितवन । नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्ष दललाई समेत विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणको केन्द्रिय आयोजनामा चितवनको पुननिर्माण विषयमा भएको छलफलमा अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दामा मिलीजुली काम गर्ने सहमिति भएको बताए ।
उनले छलफलमा चितवन जिल्लाको महत्वको बारेमा धेरैलाई जानकारी रहेको भन्दै जिल्लाको पुननिर्माणलाई गति दिइने बताए ।
उनी आज बुधबारदेखि नारायणी नदी किनारमा शुरु हुने चितवन महोत्सवको उद्घाटन गर्न चितवन आएका हुन् । महोत्सवको बुधबार प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

0 Shares

Related Articles