निमोनियाबाट कसरी बच्ने ?

निमोनिया भन्नाले फोक्सोको तन्तुमा हुने संक्रमण भन्ने बुझिन्छ । बालबालिकालाई मृत्युको मुखमा पु¥याउने पाँच प्रमुख कारक रोगहरूमा निमोनिया अग्रस्थानमा पर्दछ । यो रोग लाग्ने दर तथा यसबाट मृत्यु हुने दर नेपाल जस्ता विकासशील देशहरूमा अहिले पनि उच्च छ । विकसित मुलुकहरूमा भन्दा अल्पविकसित वा विकासशील मुलुकमा यो रोग लाग्ने सम्भावना १० गुणा बढी रहन्छ ।
निमोनिया धेरैजसो सूक्ष्म कीटाणुहरू वा फंगसहरूले गराउँछ । उमेर तथा अन्य स्वास्थ्य अवस्थाहरूले गर्दा यी विभिन्न कीटाणुको संक्रमणले प्रभाव पार्दछ । जस्तो कि समुदायमा हुने निमोनियामा ३ हप्ताको उमेरदेखि ४ वर्षको उमेरसम्मका बालबालिकामा स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरियाको संक्रमण बढी हुन्छ ।
त्यस्तै, पाँच वर्षमाथिका बालबालिकामा माइकोप्लास्मा निमोनिया र क्लामाइडिया भन्ने कीटाणुको संक्रमण बढी हुन्छ । यीबाहेक अरू स्वस्थ बच्चामा हेमोफिलस इन्फ्लुएन्जा, ग्रपु ए स्ट्रेप्टोकोकस र इस्टाफाइलोकोकसले निमोनिया गराउँछ ।
भाइरस वा ब्याक्टेरियाले हुने निमोनिया हुनुभन्दा केही समय अघिदेखि माथिल्लो प्रणालीको संक्रमण देखिन्छ । मुख्यतया रुघाखोकी, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छिटोछिटो सास फेर्ने, कोखा हान्ने, निलो हुने जस्ता लक्षण रोगको अवस्था बिगँ्रदै जाँदा बढ्दै जान्छ ।
सामान्यतया ब्याक्टेरियाले गर्दा हुने निमोनिया मा भाइरसले गराउने निमोनियामा भन्दा बढी ज्वरो आउने वा काम ज्वरो आउने तथा खोकी र सास फेर्न गाह्रो हुने वा छाती दुख्ने बढी हुन्छ । कहिलेकाहीँ पेट मात्र दुखेर पनि बच्चाहरू अस्पताल पुग्छन् ।
बेलैमा राम्रो उपचार पाएनन् वा रोग पत्ता लागेन भने यस्ता बिरामीको फोक्सोमा पिप पर्न वा अब्सेस हुन सक्छ । छातीमा पिप जम्मा भएर इम्पइमा भन्ने अवस्था हुन सक्छ भने कहिलेकाहीँ हावा चुहेर निमोथोरक्स हुन सक्छ । मुटु फेल हुने वा संक्रमण अरू अंगमा फैलिन सक्छ । साथै रगतमा संक्रमण फैलँदा ज्यानसम्म जाने जोखिम रहन्छ ।
बालबालिकालाई आमाको दूध राम्ररी खुवाएर उनीहरूको रोगसँग लड्ने क्षमताको राम्ररी विकास हुन्छ भने समुचित पोषण अनि सरसफाइले पनि रोग लाग्नबाट बचाउँछ । धूमपान नगरेर पनि निमोनियाबाट बचाउन सकिन्छ ।
नियमित वा सरकारले निःशुल्क उपलब्ध गराएका खोपहरू पूर्ण रूपले लगाउनाले पनि विभिन्न संक्रमणबाट बचाउन सकिन्छ । गत वर्षदेखि नेपाल सरकारले पनि राष्ट्रिय खोप कार्यक्रममा निमोनियाविरुद्धको खोप पीसीभी १० सुरु गरिसकेको छ । अन्य खोपहरू जस्तै फ्लुविरुद्धका खोपहरू जसलाई किन्नुपर्छ लगाउन सकिन्छ । अवस्थाअनुसार बचावटका लागि एन्टिबयोटिक्स जस्तै एचआईभी भएको अवस्थामा दिइने एन्टिबायोटिक्स दिएर पनि निमोनियाबाट बचाउन सकिन्छ ।

स्रोत :  एजेन्सी
0 Shares

Related Articles