बुटवल उपमहानगरपालिको चौथो नगरसभा शुरु

 

बुटवल–बुटवल उपमहानगरपालिकाको चौैथो नगर सभा आजबाट सुरु भएको छ । नगरसभाको प्रथम बैठकमा चारवटा विधेयक प्रस्तुत भएका छन् । चौथो नगर सभाको प्रथम बैठक शुभारम्भ गर्दै नगर प्रमुख शिवराज सुवेदीले विभिन्न विधेयकहरु प्रस्तुत गर्न अनुमति दिएसँगै चार विधेयकहरु प्रस्तुत भएका हुन् । जसअनुसार उपप्रमुख गुमादेवी आचार्यले न्यायीक विधेयक (न्यायिक कार्यविधि व्यवस्थित गर्ने) विधेयक–२०७५, सामाजिक समिति संयोजक सिताकुमारी थापाले बालबालिकाको अधिकार व्यवस्थित गर्ने विधेयक,२०७५ प्रस्तुत गरेकी छिन् ।
यस्तै आर्थिक विकास समितिका संयोजक टंकप्रसाद पराजुलीले भाषा, कला, साहित्य, संस्कृति विद्वत प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, २०७५ र सहकारी ऐन, २०७४ (पहिलो संशोधन विधेयक, २०७५) प्रस्तुत भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले जानकारी दिए ।
नगरसभाको अर्को बैठक पुस २९ गते आइतबार बस्नेछ ।

Related Articles