गण्डकी प्रदेशले दियो माघ १ मा बिदा

२५ पुस, पोखरा । गण्डकी प्रदेश सरकारले माघे सक्रान्तिमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तमुहरुको पर्व (१५ पुस, ह्लोसार) को अवसरमा बिदा दिएको गण्डकी प्रदेशले हिन्दु तथा मगरहरुको विशेष पर्व माघे सक्रान्तिमा पनि बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले माघ १ मा गण्डकी प्रदेशभरी सार्वजनिक बिदा निर्णय गरेको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘
ल्होसारका अवसरमा पुस १५ मा दिएको प्रदेशको बिदालाई संघ अन्तर्गतका कार्यालयले भने मानेका थिएनन् ।

0 Shares

Related Articles