शुक्रबारबाट शुरू हुँदै डण्डामा प्रथम माघी खिचरी सांस्कृतीक महोत्सव, तयारी पुरा (फोटो फिचर)

154







शालिकराम भट्टराई
नवलपुर , २५ पुस ।

शुक्रबारबाट नवलपुरकाे डण्डामा शुरू हुने प्रथम माघी (खिचरी) महाेत्सवकाे तयारी पूरा भएकाे छ ।
थारु कल्याणकारी सभा नवलपुरको आयोजनामा कावासोती १६ डण्डामा हुने प्रथम माघी (खिचरी) सांस्कृतिक महोत्स

व माघ ७ गतेसम्म चल्ने छ।


थारू समुदायकाे नयाँ बर्ष माघी पर्वकाे अवसर पारेर माघी महाेत्सव हुन लागेकाे हाे ।
राष्ट्रिय थारु संग्रालय परिसरमा हुने महाेत्सवकाे स्टल निर्माण, विभिन्न जातजातीका संस्कृती झल्कने घरहरुको निर्माण, मञ्च निर्माण, कलाकार निमन्त्रणा, अतीथीलाई पत्राचार गर्ने जस्ता कार्यहरु भैसकेको र बालउद्यान, झुला निर्माण जस्ता निर्मााा ण महोत्सब आयोजक मुल ईकाइ समीतीका उपसंयोजक गणेशमान महतोले बताए।


माघ १ मा थारु समुदाय र मगर समुदायले माघीका रुपमा, र अन्य बिभीन्न समुदायले माघे संक्रान्तीका रुपमा मनाउने माघी पर्वलाई राष्टीय पर्बका रुपमा मान्यता दिनुपर्ने, प्रदेश नं ४ को कान्छो जिल्लाको रुपमा चिनीने नवलपुर जिल्लाको कला, संस्कृती र पर्यापर्यटनको परीचय दिनका लागी महोत्सबको आयोजना गर्न लागीएको उप संयोजक गणेशमान महतोले जानकारी दिए।


महोत्सबमा बिभीन्न जातजातीका भाषा, संस्कृती, पहीचान, कला र भेषभुषाको संरक्षणमा जुटन सबैलाई उत्प्रेरीत गर्नका लागी बिभीन्न जातजातीका भाषा, संस्कृती र पहीचानलाई महोत्सबमा मुख्य आकर्षणको केन्द्रबिन्दुका रुपमा राखीने महोत्सब मुल आयोजक समीतीका सचीब चुरामणी महतोले बताए।
महोत्सबको प्रचार प्रसारका लागी स्थानीय सञ्चार माध्यमबाट सुचना प्रसारण गर्नेदेखी लिएर बजार क्षेत्र देखी लिएर भित्री गाउहरुमा समेत माईकिड र ब्यानर राख्ने कार्य भईरहेको प्रचार प्रसार समिति संयोजक नेत्र नारायण थनैतले बताए।

पुर्ब पश्चीम राजमार्गको मध्यभागमा आयोजना गरीन लागेकाले पनी महोत्सबले बिभीन्न जात जातीका भाषा, संस्कृती, भेषभुषाको पहीचान दिन र यस क्षेत्रमा रहेका पर्यटकीय सम्भावनालाई सबैका सामु उजागर गर्न उल्लेखनीय भुमीका निर्बाह गर्ने सफल हुने धेरैको बिश्वास छ ।


महाेत्सव माघी पर्वकाे प्रचारप्रसार र पर्यटन क्षेत्रमा थारू समुदायले पुर्याउन सक्ने याेगदानकाे प्रवर्ध्दन गर्न महाेत्सव अायाेजना गरिएकाे थारू कल्याणकारिणी सभा नवलपुरका सभा नवलपुरका सभापति रामप्रसाद महताेले बताए।

 

 

You might also like
Loading...