नेपालकै सस्तो विद्युतीय कार बनाउदै बर्दघाटका युवक

गोपी ज्ञवाली,
नवलपरासी (बर्दघाट) ।

नवलपरासी वर्दघाटका एक युवकले नेपालकै सबैभन्दा सस्तो विद्युतीय कार बनाउन शुरु गरेका दावी गरेका छन्।
उनले निर्माण शुरु गरेको कार निर्माण सम्पन्न गरेर डेढ लाख रुपैयाँमा बजारमा लैजाने बताए ।
पेट्रोलको प्रयोग विना बेट्रीबाट संचालन हुने यो कारमा चालक सहित चार जना बस्न मिल्ने गरी गाडी निर्माण गरिदै गरेको वर्दघाट ४ का युवा ईन्जीनियर युवराज पोखरेलले बताए।
कार निर्माणका लागि पोखरेल पछिल्लो एक बर्षदेखि निरन्तर लागीपरेका छन् । उनको कामको स्थानीय स्तरबाट प्रशंशा समेत हुन थालेको छ। ईलेक्ट्रोनिक इन्जिनियरिङबाट ओभरसेयरको पढाई सकि सिप्रदी ट्रेडिङ कम्पनीमा ब्याट्री बटुलेका पोखरेलले आफ्नो अनुभवलाई कारको रुपमा ढाल्न खोजेका हुन् ।
रिचार्ज गर्नु मिल्ने ब्याट्रीबाट संचालन हुने यो कारको मूल्य नेपालमा बनेका अन्य कारहरुको भन्दा न्यून मूल्य पर्ने गरी कार निर्माण गरिएको बताए।
१२÷१२ बोल्टका चार वटा रिचार्ज ब्याट्रीहरुको जडान गरी ४८ बोल्टको ब्याट्रीबाट संचालिन हुने यो कार वातावरण मैत्री हुने छ ।
स्थानीय सामान, कतिपय कच्चा पदार्थको रुपमा कवाडमा फालिएका सामान र अन्य पुराना गाडीहरुको सामानको प्रयोग गरी निर्माण गर्न लागेको यो कारको मूल्य बढीमा एक लाख पचास हजार रुपैयाँ पर्ने गरी कार निर्माण जारी रहेको पोखरेलले बताए। रिचार्ज ब्याट्रीबाट संचालनमा आएको अटोरिकसाहरुको केही मोडललाई चार पाग्रे बनाएर र केही कारका सामानहरु प्रयोग गरी नयां प्रकारको कार निर्माण गर्न लागिएको पोखरेलले दाउन्नेलाई बताए ।
४८ भोल्टका ब्याट्रीहरुलाई फुल चार्ज गरे पछि एक सय किलो मिटर सम्मको दुरी चल्न सक्ने गरी कार निर्माण गरिने उनको दावी छ ।
बेलाबेलामा नेपालमा हुने पेट्रोलियम पदार्थको कालोबजारी र अभावका बीच उनले निर्माण गर्न थालेको कार सफल भए नेपालीलाई केही हदसम्म राहत हुने उनका छिमेकीहरु बताउँछन् । पेट्रोलियम पदार्थको प्रयोग विना नै ब्याट्री चार्ज गरि चलाईने यो कारमा जममा चार जना बस्न सकिने क्षमताको हुने युवराजले बताए ।
पुराना गाडीको स्टेरिङ, चाईनिज डिसी मोटर, पुरानो मारुती ८०० को स्टेरि· बक्स एवं स्टेरिङ रड र स्थानीय हार्डवयेर पसलका सामानहरुको प्रयोग गरी उनले कार निर्माण गरिरहेका छन्।

Related Articles