ट्याक्टरले किच्दा सल्यानमा एकको मृत्यु

प्रद्युम्न उपाध्याय,
सल्यान २६, पुस । टयाक्टरले किच्दा सल्यानमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको शारदा नगरपालिका १ शान्तिनगरमा रा १ त १४४१ नम्बरको टयाक्टरले किच्दा रुकुम चौरजहारी नगरपालिका ६ घर भई हाल सल्यान श्रीनगरमा बस्दै आएका अन्दाजी २४ वर्षीय राजेश जैशीको मृत्यु भएको हो ।
बिहिवार बिहान बिग्रिएको ट्रकलाई पछाडिबाट धकेल्ने क्रममा बीचमा राखिएको काठ भाँचिएर ट्याक्टर व्याक हुँदा उनलाई ट्याक्टरले किचेको थियो ।
जैशीलाई उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बीचबाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ट्याक्टर चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

0 Shares

Related Articles