आगुऔषध दुव्र्यसन झन जटिल बन्दै, डेढ लाख युवा लागूऔषधको दलदलमा

नवलपरासी, २६ पुस ।
लागुऔषध दुव्यर्सन एक घरपरिवारको मात्र नभएर अन्र्तराष्ट्रिय जगतमा नै समस्याको बिषय बन्दै गएको विहीबार कावासोतीमा आयोजित कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
गृहमन्त्रालयका सहसचिव एवं लागु औषध नियन्त्रण शाखाका अधिकारी नारायण प्रसाद शर्मा दुवाडीका अनुसार नेपालमा मात्र १ लाख ५६ हजार भन्दा बढी युवाहरु यसको दलदलमा फसेको छन् । यसको तथ्याङ्ग बार्षिक ११.३६ प्रतिशतको दरले बढी रहेको छ ।
बिहीबार पूर्वी नवलपरासीमा लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्ध सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रममा उनले यस्ता तथ्यांक सार्वजनिक गरेका हुन् ।
दवाडीका अनुसार लागुऔषधमा लागेका मध्ये सबैभन्दा बढी ५७ प्रतिशतले सुई अर्थात सिरिन्जमार्फत लागु औषध प्रयोग गर्ने गरेको पाइएको बताए । यसो गर्दा सुईबाट एचआईभि एड्स, हेपाटाइटिस बी, रेविज जस्ता संक्रमण सर्ने खतरा हुन्छ ।
त्यसैगरी पचास हजार बढी १६ देखि पच्चीस वर्ष उमेर समूहका युवाहरु र यस्तो कुलतमा फसेको उनले जानकारी गराए । लागु औषध प्रयोग गर्ने मध्ये पुरुष ९३ प्रतिशत र महिला सात प्रतिशतको संख्यामा रहेका उनले जानकारी गराए ।
कार्यक्रममा नवलपुर जिल्लामा लागुऔषध प्रयोगकर्ता खासै नभए पनि ओसारपसारको ट्रान्जिट प्वाईन्ट बन्दै गएको नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताए । उनले आर्थिक वर्ष २०७५÷७६ को पछिल्लो पाँच महिना अर्थात साउनदेखि मंसिर मसान्तसम्म लागुऔषध सहित ४० जना पक्राउ गरेको बताए । त्यसैगरी उनका अनुसार ओसारपसारमा १६ देखि २५ वर्ष उमेर समुहका युवाहरु संलग्न हुने गरेको बताए ।
त्यस्तै उनीहरुले स्कुल र क्याम्पस पढ्ने विद्यार्थीहरु प्रयोग गरेर बजार विस्तार गर्ने गरेको पाइएको थापाले बताए ।

0 Shares

Related Articles