कञ्चनपुरमा भुमाफियाका बिरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा

धनन्जय अवस्थी,
कञ्चनपुर २६ पुस ।
कञ्चनपुर नगर विकासको जमिन अवैधानिक रुपमा भाडामा दिएको भन्दै आन्दोलनमा उत्रिएका यहाँका विद्यार्थी संगठन तथा युवा संगठनहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन् ।
उनीहरुले अवैधानिक रुपमा भाडामा दिएको सम्झौता खारेजी र त्यहाँ बनेका घरहरु भत्काउन माग गर्दै आन्दोलन गरेका हुन् । उनीहरुले माग पुरा नभएसम्म आन्दोलन गरिरहेन जनाएका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी, पूर्व माओवादी केन्द्र निकटअखिल क्रान्तिकारी, पूर्व एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघ, जनमोर्चा निकट अखिल छैटौ, नया शक्ति निकट नयाँ शक्ति विद्यार्थी युनियनले विहीबार दोस्रो चरणको आन्दोलन सार्वजनिक गरेका हुन् ।
उनीहरुले पुस २८ गते अर्थात शुक्रबार भिमदत्त नगरको बजार बन्द, माघ २ गते दुई घण्टा कञ्चनपुर रहेका सार्वजानिक यातायातका साधन बन्द, ४ गते विद्युुत कार्यालयमा ध्यानाकर्षक पत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेका छन् ।
त्यसैगरी ६ गते भिमदत्त नगरपालिकामा धर्ना दिने, ८ गते महेन्द्रनगर स्मारकमा खुलाबहस गर्ने, १० गते साझ राँके जुलुस निकाल्ने, कार्यक्रम सार्वजनिक गरेका छन् ।
करोड़ौंको जमिन कौडीको भाउमा नगर विकास समितिले भाडा दिएको आरोप उनीहरुको छ । त्यहाँ अहिले घरटहरा निर्माण कार्य धमाधम चलिरहेको छ ।

0 Shares

Related Articles