जनयुद्ध र हतियार

ने.क.पा. माओवादीद्वारा संचालित दश वर्षे जनयुद्व नेपालको इतिहासमा सबै भन्दा लामो समय सम्म चलेको युद्ध हो। कम्युनिष्टहरुले संचालन गरेका युद्ध जनताको प्रत्यक्ष सहभागितामा संचालन गरेको युद्ध भएको हुनाले यस युद्धलाई जनयुद्वको भनिन्छ। जनयुद्धमा जनमुक्ति सेनाको साथमा जनताहरुको प्रत्यक्ष सहभागिता रहने गर्दछ। जनमुक्ति सेनाले आधुनिक हतियार प्रयोग गर्दा स्थानिय जनताले स्थानिय हतियार खुडा, खुकुरी, तलवार, हसिया, कुटो, कोदालो, बन्चरो जस्ता स्थानिय हतियारको प्रयोग जनयुद्धमा हुने गर्दछ । नेपालमा चलेको पछिल्लो दश वर्षे जनयुद्धमा पनि यस्तै भएको थियो। मुख्य कमाण्ड राजनैतिक विचारले गरेको भए पनि लडाईको मैदानमा महत्वपूर्ण कुरा हतियार एवं लडाईका अन्य संसाधनहरु हुने गर्दछन। नेपाल जस्तो सानो र विशेष प्रकारको भौगोलिक अवस्था भएको देशमा जनयुद्ध संचालन र रक्षा गर्न सामान्य कुरा थिएन र छैन पनि। त्यो बेलामा श्रमजिवि वा गरिब जनताद्वारा नेपालको राज्य सत्ताको विरुद्धमा युद्ध संचालन गर्नु चाने चुने कुरा थिएन। राजनैतिक विचार सही या गलत हुनुले नै सबै चिजको निर्धारण गर्दछ भने झै नेपाली जनयुद्धको लगातार सफलताको मुख्य कारण सही र क्रांतिकारी विचार नै थियो। तर युद्ध मैदानमा सरकारी सेनाको आधुनिक तयारीको सामुन्ने विचारबाट मात्र लडाई जित्न सम्भव थिएन र छैन पनि । मुख्य राजनैतिक विचार भए पनि युद्ध मैदानमा लडाईको हतियार र कुशल योद्धाहरुको ठुलो भुमिका रहन्छ र रह्यो पनि।
अहिले सरकारमा रहेको पार्टी भए पनि त्यो बेलामा माओवादी नेपालका मात्र होईन कि विश्वका १ सय १० देशहरुमा अन्तर्राष्ट्रिय रेडकर्नर नोटिस मार्फत् आतंकवादीको रुपमा खोजी गरिएको थियो। त्यसैले माओवादी नेताहरुलाई भारतले भारतका विभिन्न स्थानबाट गिरफ्तार समेत गरेर नेपाल पठाएको थियो। दश वर्षसम्म चलेको भिषण युद्धका लागि ने.क.पा. (माओवादी) ले हतियारको व्यवस्था कसरी गर्दथ्यो भन्ने विषय त्यो बेलामा पनि र आज पनि आम मानिसका लागि अहिले चासोको विषय बनि रहेको छ। तर वास्तवमा अहिले यो विषय जति रोचक बन्न सक्दछ तर त्यो समयमा हतियार आपूर्तिको काम अत्यन्तै जटिल र संवेदनशिल विषय थियो। क्रान्तिकारी कम्युनिष्टहरुले संचालन गरेको शसस्त्र विद्रोहमा हतियार दुश्मनबाट नै कब्जा गर्ने प्रमुख लक्ष्य रहेको हुन्छ। तर युद्ध चर्किदै जाँदा दुश्मनबाट कब्जा गरेको मात्र हतियारले अपर्याप्त हुन जान्छन्। २१ औं शताब्दीको आई टी युगमा परम्परागत रुपमा रहेका हतियारको मात्र प्रयोगले नेपाल जस्तो विकट, अविकसित, सानो देशमा जनयुद्ध संचालन गर्न र रक्षा गर्न ठुलो चुनौतीको विषय थियो । अन्तर्राष्ट्रिय स्तरमा विकास भएका सुचना संचार एवं हतियारहरुको प्रयोग गर्ने कि नगर्ने भन्ने विषय कुटनैतिक हिसाबले अत्यन्तै पेचिलो विषय रहेको थियो।
युद्धकालमा युद्ध मैदानका कमाण्डर एवं केन्द्रीय कमाण्डर विचमा सुचनाको प्रवाह कसरी हुन्थ्यो यो पनि आफ्नै प्रकारको रोचक एवं खतरनाक विषय रहेको छ। पाल्पा सदरमुकाममा रहेको पाल्पा दरबार आक्रमणमा विद्रोहीहरुले नै सार्वजनिक गरेको भिडियोमा आजका पूर्वमन्त्रि एवं जनमुक्ति सेनाका कमाण्डर कमरेड प्रभाकरले (जनार्दन शर्मा) ले सेटेलाईट फोन प्रयोग गरेको देखिएको छ । त्यो सेटेलाईट फोन व्यवस्था गर्न र प्रयोग गर्न पनि देखे जस्तो सजिलो र सहज थिएन । रोल्पाको एउटा घरमा जहां प्रचण्डले केही समयदेखि हेडक्वाटर बनाएर बसेका थिए । त्यो स्थानमा प्रचण्ड निस्केको केही घण्टामा नेपाली सेनाले बमबारी गरेर त्यो घर नष्ट पारेको थियो । त्यो स्थानमा प्रचण्ड वा कुनै महत्वपूर्ण कमाण्डरको सेल्टर रहेको भन्ने कुरा नेपाली सेनाको प्राविधिक टिमले त्यही सेटेलाईट फोनको प्रयोग गर्दा प्रचण्ड रहेको स्थान थाहा पाएको विद्रोही पक्षका निश्कर्ष थियो ।

हतियार र संचार सेटको आपूर्ति एवं प्रयोग आफ्नै खाले जटिलताबाट गुजारिएको थियो । सुचना संचारको यो साम्राज्यवादी युगमा सम्पूर्ण सुचना एवं संचार साम्राज्यवादको आफ्नो हैकम कायम गर्ने दृिष्टकोणले निर्माण एवं विकास गरेको अवस्थामा हतियार र संचार सेटको प्रयोग एवं आपूर्ति जनयुद्ध युद्धको एक महत्वपूर्ण र जोखिमपूर्ण भाग थियो । युद्धकालमा विद्रोहीहरुले भरुवा बन्दुकबाट लिएर दुनियाँको आधुनिक हतियार एके ४७ प्रयोग गरेको सरकारी सेनाले बेनी लडाई पछि स्विकार गरेको थियो ।
सुचना संचारमा दौडेर सुचना पु¥याउने महत्वपूर्ण भाग रह्यो । तत्कालिन विद्रोही माओवादीले साथीहरुलाई रनरको रुपमा सुचना प्रवाहका माध्यम बनाउनेबाट लिएर दुनियाँको आधुनिक सुचना संचारको साधन सेटेलाइट फोन सम्म प्रयोग गर्यौ । हतियार र सुचना संचारका आधुनिक संसाधन प्रयोगले नै नेपाली जनयुद्धमा गाउँले र स्थानिय निर्मित हतियारहरुले पनि युद्ध लडे ।
तर स्थानीय वा दुश्मनबाट नियन्त्रणमा लिएका हथियारहरुले मात्रै युद्ध चल्यो भन्न मिल्ने अवश्था चाहि होईन । नेपाली जनयुद्धमा प्रयोग आएका तिफदी (स्वनिर्मित छोटो हतियार) ति फ दी भनेको ती बाट शहिद कमरेड तिर्थ, फ बाट शहिद कमरेड फडिन्द्र र दी भनेको शहिद कमरेड दिलमायाको सम्फनामा विद्रोहीका प्राविधिकहरुले बनाएको हथियार तिफदी थियो । तिफदी छोटो आकारको कटटा जस्तो हथियार बनाएको थियो । भरुवा बन्दुकबाट लिएर तिफदी हुदै विश्वको आधुनिक हथियार एके ४७ लाई विद्रोहीहरुले शान्तिकलमा नेपाली सेनामा समायोजनको क्रममा बुझाएको बताउनु गर्दछन ।
भरुवा बदुकबाट लिएर ए.के ४७ सम्मकाको यात्रा सम्पूर्ण कसरी चल्यो यी सबै कुरा त यो लेखबाट पुरा गर्न सकिने सम्भाव छैन र सम्पूर्ण खोल्ने बेला पनि भएको छैन । तै पनि युद्धकालको त्यो जटिल र सम्वेदनशिल यात्राको क्रममा हथियारका कुरा भने अत्यत्तै महत्वका विषय रहेका छन । ती हथियार र हथियार चलाउने जनसेनाको महत्वपुर्ण कामका कारणले नै आज केही कमाण्डरहरु नै मन्त्री बनेका छन । आजको राजनीती हिजोको हथियार, जनमुक्ति सेना र संघर्षको परिणाम स्वरुप हो भन्नेमा कुनै दुई मत छैन । नेपाली जनयुद्धमा संचारका साधन र हतियार धनी र टेक्नोलोजी विकास गरेका साम्राजयवादी र विस्तारवादी देशबाट पनि आपुती गरियो । नेपाली जनयुद्धमा हतियारका कुरा गर्दा हतियार मुख्य रुपमा ३ प्रकारबाट पुर्ति गरियो ।
१. दुश्मनबाट कब्जा गरिएका
२. गाँउ घरमै स्वनिर्मित लोकल टेक्नोलोजी
३. विस्तारवादी र साम्राज्यवादी देशबाट आपुर्ति ।
दुश्मनलाई थकाउ र आक्रमण गर्ने भन्ने नाराका साथ गरिएका आक्रमणहरुबाट थुप्रै संख्यामा हतियारहरु कब्जा गरिए तर युद्ध बढ्दै जाँदा नेपाली सेना र पुलिसका हतियारहरुले मात्र नपुग्ने भएपछि बाहिरबाट पनि केहि मात्रामा हतियार विस्फोटक ल्याउने आवश्यकता खड्कीयो ।अर्को तर्फ जनसेनाको जनसैन्य प्रतिष्ठान मार्फत हाम्रा आफनै मौलिकतामा हतियार एवं युद्ध सामाग्री निर्माण गर्ने काम लाई पार्टीले अझै व्यवस्थित र केन्द्रीत गर्न थाल्यो । पहाडका विकट गाँउमा रहेको गरिब दलित परिवारले आफनै पारम्परिक व्यावसायिक आरनहरु मा युद्धका धेरै सामानहरु निर्माण गरियो । या भनौं गाँउका आरनहरु नेपाली जनयुद्धका हतियार निर्माणका कारखाना बन्न पुगे ।
शहरी मध्यम वर्गले भात पकाउन प्रयोग गर्ने प्रेसर कुकर, बाल्टी, गाग्री बममा परिणत भएका थिय जनयुद्धमा । तीनै खाना खाने पकाउने भाडाहरु नै नेपाली जनयुद्धका महत्वपूर्ण हतियार सावित भए । युद्ध बढ्दै जाँदा कतिपय हतियारका केही भागहरु नेपालका गाँउ घरमा बन्न नसक्ने भएकाले छिमेकी देशहरुबाट समेत विभिन्न प्रकारका सहयोगहरु लिईएको बताईन्छ । युद्ध चकिर्दै जादा जनमुक्ति सेनाको जनसैन्य प्रतिष्ठानका सिभिल रेड आर्मीको संजाल नेपाल, मात्र नभएर दुई ठुला र छिमेकी राष्टमा समेत आफना कार्यकर्ताहरु परिचालन गरेको थियो ।
यी शहरहरुमा सिभिल रेड आर्मीको संजाल बेलाबेलामा नाम, ठेगाना फेर्दै योजनाबद्ध तरिकाबाट नेपाली जनयुद्धका लागी हतियार निर्माण एवं सप्लाईका लागी काम गर्दथ्यो भन्ने कुरा भक्ति पाण्डे द्धारा लिखित पुस्तका चाचामा उल्लेख भएको पाईन्छ।

227 Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *