नेपाल मगर संघको प्रदेश ४ को अधिवेशन आज

नेपाल मगर संघको प्रदेश ४ को अधिवेशन आज बाग्लुङ्गमा हुँदै छ । अधिवेशन आज र भोलि गरी दुई दिनसम्म चलेर नयाँ नेतृत्व चयन गर्दै सकिने छ ।
बाग्लुङ्ग बजारमा हुने अधिवेशनको नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल मगर संघ नवलपुरका अध्यक्ष इन्द्र फाल मगरले बताए ।
अधिवेशनका लागि नवलपुरबाट २२ जना प्रतिनिधि सहभागी हुने नेपाल मगर संघ नवलपुरका कोषाध्यक्ष देवीसरा पुलामी मगरले बताए ।

0 Shares

Related Articles