नवलपुरमा माघी महाेत्सव शुरू, नेपाल बिबिधताले भरिएको देश : मन्त्री गुरुङ

बिजय चालिसे ।

पुस, २७, कावासोती ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल बिबिधताले भरिएको र यसकै माध्यमबाट नेपाललाई बिश्वमा नमूना देशको रुपमा चिनाएको बताउनु भएको छ। नवलपुरको डण्डामा आजदेखी सुरु भएको प्रथम माघी खिचरी महोत्सबको उद्घाटन गर्दै मन्त्री गुरुङले भन्नुभयो, हाम्रो देश बिबिधताले भरिएको छ । बहुधार्मीक ,बहुसास्कृतीक ,बहु भाषिक ,बहु जातीय हाम्रो देश हो भौगोलीक हिसाबले पनि यहा बिबिधता छ । यहा अनेकता देख्न सकिन्छ ।
तर ति अनेकताका बिचमा नेपाल र यो राष्ट्र यसको एकता ईदेणीको रुपमा मिलेर रहेको छ । मन्त्री गुरुङले सबै जातजातिका पर्बहरुलाई सरकारले प्राथमिकतामा राख्दै उनिहरुको सस्कृती सरक्षरणमा लागि परेको बताउनुभयो ।

उहाले यस्ता सास्कृतिक महोत्सबले यस क्षेत्रमा आन्तरिक तथा बाहिय्य पर्यटन भित्राउन महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै यसबाट जिल्लालाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सकिने धारणा राख्नुभयो । उहाले पैसा आर्जन गर्नका लागि मात्रै मेला महोत्सव आयोजना गर्ने परिपाटी बढेको गुनासो आउन थालेको भन्दै त्यो राम्रो नभएको बताउनुभयो ।


मेला महोत्सवबाट आर्जन भएको रकम सही ठाउँमा परिचालन गर्नुपर्ने भन्दै, “पैसा कमाउनका लागि मात्रै महोत्सव गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ, उहाले भन्नुभयो ।”
माघ ७ गतेसम्म सञ्चालन हुने महाेत्सवले यस भेगका थारूहरूको खानाकाे परिकार, पहिचान र संस्कृति झल्कने एवं संङग्राहालयकाे माध्यमबाट पर्यटन विकासमा टेवापुग्ने लक्ष्य लिईएकाे छ । खिचरीका अतिरिक्त १ सय ५० ब्यबसायीक स्टल राखिएकोले २ लाख बढी दर्शकले महाेत्सवकाे अवलोकन गर्ने अायाेजक थारू कल्याणकारी सभा नवलपुरको अपेक्षा छ ।

महाेत्सवमा थारूजातीकाे गाैरव प्रथम राष्ट्रिय माघि डान्स अाईडल समेत अनयाेजना गरिएकाे संचार संयाेजक नेत्र थनैतले बताउनुभयो। माघि महाेत्सवमा थारू र अन्य राष्ट्रिय कलाकारहरूकाे जाेडदार प्रस्तुति रहने तथा खेलकुद र सामाजिक सेवाका कार्यहरू समेत संचालन गरिने अायाेजकले जानकारी गराएकाे छ । बिबिधताले साच्चिकै नेपाललाई गौरवशालि बनाएको छ ,सम्बृद्ध बनाएको हरेक हिसाबले नेपाल एउटा नमुना देशको रुपमा स्थापित भएको उहाले बताउनु भएको छ ।

100 Shares

Related Articles