प्रदेश ५ः लेखा समितिद्वारा गाडी खरिद प्रकरण छानविन शुरु

प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितता भएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । समितिले गाडी खरिदका कागजपत्रहरु झिकाएको समितिका सभापति डिल्ली चौधरीले बताए ।

रिपोर्टर्स क्लव प्रदेश ५ कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै चौधरीले प्रदेश नम्बर ५ सरकारले खरिद गरेका गाडीमा अनियमितताबारे उठेका प्रश्नको समाधानका लागि सार्बजनिक लेखा समितिका सभापति डिल्ली चौधरीले राजनीतिक पूर्वाग्रह नराखेर सत्यतथ्य बाहिर ल्याउने बताएका हुन्।

‘अनियमितता भन्ने समाचार बाहिर आएको छ, अब सत्यतथ्य को हो फाइल मगाएर त्यसको प्रकृया हेर्छौं, प्रकृया र फाइल अध्ययन भर्खरै हेर्न शुरु भएको छ, हामी छिट्टै निश्कर्षमा पुग्छौं’। उनले आफु चढेको स्ट्रोम टाटा गाडि ५ हजार किलोमिटर नगुड्दै सकर भांचिएको बताए ।

नेकपाका प्रमुख सचेतक भूमेश्वर ढकालले गाडि खरिदमा अनियमितता नभएको दाबी गरे ।

‘इटेण्डरमा २ कम्पनीले भाग लिए, पत्रपत्रिकामा बाहिर आएका कुरा सबै सत्य होइनन्, यसमा मलाइ राजनीतिक ढंगले जोडिएको छ, यस्मा मेरो संलग्नता छैन ।’उनले भने ।

उनले सत्तारुढ दलको तर्फबाट यसमा संलग्न जो सुकै भएपनि कडा कारबाहिको माग गरे ।

‘जुन ढंगले मलाइ जोडेर समाचार आए ,राजनीतिक चरित्र हत्या गर्ने गरि समाचार आएको छ ।’उनले भने ।

1 Shares

Related Articles