सिरियाबाट अमेरिकी सेना फिर्ता नहुने
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सिरियामा इरानको प्रभावलाई अन्त्य गर्ने बताएका छन् ।
इरान र इरानको पक्षका लडाकुहरु जबसम्म बाहिरिँदैनन् तबसम्म सिरियाका राष्ट्रपति बसर अल असद नियन्त्रित क्षेत्रमा पुनर्निर्माणका लागि सहयोग नगर्ने घोषणा पनि उनले गरेका छन् ।