कपिलवस्तुमा भोलिबाट माघी मिलन साँस्कृतिक महोत्सव, तयारी पुरा

राम अवतार चौधरी
कपिलवस्तु, २८ पौष । 

कपिलवस्तुको शिवराज नगरपालिका हुने माघी मिलन साँस्कृतिक महोत्सवको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गरि आयोजकले जस्तो जानकारी गराएको हो। कपिलवस्तुको शिवराज न।पा।९, भगवानपुरको प्राङ्गणमा आइतबार गतेदेखि ३ दिनसम्म सञ्चालन रहने महोत्सव संयोजक रमेश चौधरीले बताए।
‘हम्मन संस्कृति हम्मनके शान, भुमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने मुल नाराका साथ सञ्चालन हुना लागेको महोत्सवको प्रदेश नं। ५ का सांसद अभिषेक प्रताप शाहले दउ्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
साँस्कृतिक महोत्सवको मुख्य आकर्षण थारु भेषभुषा, पहिरनमा लेहंगा, चोलीया, अंगिया, मंगिया, सुतिया, काठले बनाएको चप्पल९पौवा० जस्ता रोचक रहने छ ।
त्यसैगरी खानपिनमा घोंघी, गगतो, झिंगा माछा रहने साथै हस्ताकला समाग्री ढेंकी, ढकिया, लह्रिया, नुन राख्न बनाएको काठको भाँडो ९डोक्वा० लगायतका परम्परागत लोप हुँदै गएका सामाग्री अवलोकन गर्न सकिने बताईएको छ ।
त्यसैगरी सांगीतिक तर्फ कार्यक्रममा आकर्षणका मुख्य केन्द्रविन्दु निकै चर्चित गायक श्रीनिवास चौधरी, सुमधुर स्वरका धनी गायिका समीक्षा चौधरी, अन्नु चौधरी, गायक सिमान्त चौधरी, सरगम चौधरी, उत्तम चौधरी, रमेश मिसन, रन्जित चौधरी, र मोडेल सुनिता दहित लगायतको बेजोड प्रस्तुति रहेने साँस्कृतिक संयोजक शिवराज थारु बताए।

Related Articles