जनताले सरकारमा कम्युनिष्ट या कांग्रेस के छ हेर्दैन – प्रचण्ड


अर्जुन अविरल,




काठमाण्डाैै, २९ पुस।


पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकाे राष्ट्रिय महाधिवेशनकाे उद्घघाटन समाराेहमा ने क पा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले सरकारमा कांग्रेस या कम्युनिष्ट कुन पार्टी छ त्याे हेर्दैन भनेका छन् । जनताले देशमा सुशासन, विकास भयाे कि नाई भन्ने मात्र हेर्ने बताएका छन् । अाज राष्ट्रिय सभागृह काठमाण्डाैमा भईरहेकाे नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघकाे पाँचाै महाधिवेशनकाे खुल्ला सत्रमा बाेल्दै प्रचण्डले पुस्तकमा रहेकाे तमाम समस्याहरू पुस्तक नीति बनाएर नै हल गरिने बताएका छन् । संस्थालाई गुणात्मक बनाएकाे, अश्लिल , छाडा पुस्तकहरूलाई निरूत्साहित गरि राम्रा पुस्तकहरूलाई प्राेत्साहन गरेकाेमा प्रशंसा समेत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका प्रचण्डले अर्काे प्रसङ्गमा निजी क्षेत्रकाे सहयाेग बिना देश बिकास नहुने हुँदा निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न अाग्रह गरेका थिए । हिजाेकाे निरङ्कुशताले नीजिलाई दुरूत्साहित गरेकाे थियाे भने अहिले त्यसाे नभएकाे बताएका छन् ।

साेही कार्यक्रममा विशेष अतिथि रहनु भएका नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले महाधिवेशनलाई शुभकामना दिदैं पुस्तकले सकरात्मक सम्प्रेषण गर्ने हुँदा राजनीतिक परिवर्तन लागि पनि पुस्तकले ठूलाे भूमिका खेलेकाे बताएका छन् ।

त्यसैगरी कार्यक्रममा शर्माले केपि अाेलीलाई व्यङ्ग्य गर्दै ईतिहास बाेलीमा हाेईन कर्ममा बुझिने बताएका छन् ।

सुशील काेईरालाकाे बाेली नै नबुझिने भनिरहँदा के पि शर्मा अाेलीकाे बाेली त प्रष्ट बुझिन्छ तर उहाँकाे कर्म नै नबुझिने खालकाे छ भन्दै व्यङ्गय गरेका थिए । संस्थाकाे स्थापना दिवशकाे अवसरमा याे पाँचाै महाधिवेशन गरिएकाे थियाे ।

अाज भन्दा १२ बर्ष अघि २०६२ पाैष २८ गते बुटवलमा भएकाे भेलालाई नै स्थापना दिवश मानिएकाे छ ।

महासंघकाे केन्द्रीय अध्यक्ष हरिप्रसाद अर्यालकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा पूर्व मन्त्रि हरिवाेल गजुरेल, प्याबसन, एन प्याबसन, हिसानका केन्द्रीय अध्यक्षहरू , महासंघका पूर्व अध्यक्षहरू लगायत देशभरिबाट ४७० प्रतिनिधिहरूकाे उपस्थिति थियाे । संगठन निर्माण गर्न उल्लेखनीय भूमिका खेल्नुहुने राजेन्द्र प्रसाद ज्ञवाली, रामचन्द्र तिमाेदी र प्रेमबहादुर श्रेष्ठलाई सम्मान पनि गरिएकाे थियाे त्यसैगरी संगठनका उत्कृष्ट जिल्लाहरूमा चितवन, बाँके , धनकुटा र कास्की गरी ४ जिल्लालाई विभिन्न शीर्षकमा अवार्ड समेत प्रदान गरिएकाे थियाे ।

साेही कार्यक्रममा महासंघद्वारा प्रकाशित भूमिका-५ काे विमाेचन, रामदेव पाण्डेकाे शब्द, जीवन शर्माकाे स्वर, प्रह्लाद बाेगटीकाे संगीतमा रहेकाे पुस्तक सम्बन्धि गीत सार्वजनिक गरिएकाे थियाे । २८ र २९ गते चल्ने महाधिवेशनमा नेतृत्व चयनका लागि चुनाव नै हुने भएकाे छ । अाईतबार ईलाेक्ट्राेनिक विधिबाट चुनाव हुने अायाेजकले जनाएकाे छ ।




सम्बन्धित
Loading...