कौराहा नाच प्रतियोगिता फोटो फिचर

49







प्रेमध्वज गाहा,
कावासोती ।

जेकेएस मगर ग्रुप हुप्सेकोट नवलपुरले आयोजना गरेको प्रथम मौलिक कौराहा प्रतियोगीता २०७५ मा झोर्ले कौराहा समूह हँसौरा प्रथम भएको छ।
प्रतियोगितामा प्रगति आमा समुह कावासोती २ द्वितीय र झर्ल्याम डी कौराहा समूह कावासोती १ रिठ्ठेपानी तृतीय भएको छ । प्रतियोगीतामा ६ टीमको सहभागीता रहेको थियो ।
प्रथम स्थान हासिल गर्ने झोर्ले कौराहा समुहले रु १८ हजार र प्रमाणपत्र प्राप्त गरेको छ ।


त्यस्तै दोश्रो र तेस्रो स्थान प्राप्त सफल समुहहरुले क्रमशः १३ र ८ हजार रुपैयाँ र साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । झरना खोला शँखदेबमा भएको प्रतियोगीता जेकेएस मगर ग्रुपका संरक्षक चन्द्रप्रकास फाल मगरको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा विजयी समूहलाई समाजसेबी बिष्णुकुमार कार्कीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा नेपाल मगर सँघका जिल्ला सदस्य ओम बहादुर थापा, दीपक थापा, नेपाल मगर चलचित्रकर्मी संघ नवलपुरका अध्यक्ष चेतन रजाली, सँगीतकर्मी महेन्द्र थापा मगर लगायतको सहभागिता रहेको थियो ।


कार्यक्रममा कलाकारहरु याम आले, हिमकुमार थापा, अस्मि थापा, दिलसिँ सुस्लिङ लगायतका कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए ।

You might also like
Loading...