कमेडी फिल्म गर्दै आर्यन





प्राय ‘लभर ब्वाइ’को भूमिकामा देखिने अभिनेता आर्यन सिग्देललाई दर्शकले अब नयाँ अवतारमा देख्न पाउने भएका छन् । आर्यनले एक कमेडी चलचित्रमा काम गर्दैछन् । साम्तेन भुटियाको निर्देशनमा बन्न लागेको नयाँ कमेडी चलचित्रमा आर्यन शिर्ष भूमिकाको लागि पक्का भएका छन् ।

निर्देशक भुटियाले आफ्नो स्कृप्टले नै आर्यन मागेकाले आर्यनलाई चलचित्रमा लिएको बताए । उनले भने– ‘मेरो स्कृप्टलेनै आर्यनलाई खोज्यो । मलाई विश्वास छ आर्यनले कमेडीमा पनि राम्रो काम गर्न सक्छन् ।’




चलचित्रको कुरा गर्दा आर्यन किनै उत्साहित भएको साम्तेन बताउँछन् । ‘मैले आर्यनलाई चलचित्रको कुरा गर्दा उ निकै उत्साहित भएको थियो’, भुटियाले भने, ‘उ पनि केही नयाँ गरौ भन्ने सोचमा थियो । मैले पनि आर्यनको भित्रि प्रतिभा बुझेरनै यस चलचित्रमा उसलाई अफर गरेको थिए ।’

फागुन १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको यस चलचित्रका लागि भोलाराज सापकोटा पनि फाइनल भएका छन् । यस चलचित्रका लागि भुटियाले माओत्से गुरुङसँग पनि कुरा गरिरहेका छन् । चलचित्रमा अभिनेत्री को रहने भन्ने चाहिँ अहिले सार्वजनिक गरिएको छैन् ।




सम्बन्धित
Loading...